धानखेतमा दुई किशोरीको शव फेला
धनुषा | भदौ २२, २०७९
धनुषा । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महराको शव फेला परेको हो ।
स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

